(१) नियम ५ को उपनियम (१) बमोजिम समितिमा पेश गरिएको प्रतिवेदनमा उल्लिखित विवरण झुठ्ठा हो भन्ने कसैलाई लागेमा सो प्रतिवेदन पेश गरेको मितिले एक महिनाभित्र समिति समक्ष उजुरी दिन सकिनेछ ।
(२) उपनियम (१) बमोजिम उजुरी परेमा समितिले त्यस्तो विवरण सहितको प्रतिवेदन जा“च गर्न वा पुन संपरीक्षण गराउन सक्नेछ ।
(३) उपनियम (२) बमोजिम जाँच गर्दा वा पुन संपरीक्षण गराउँँदा उजुरी ठीक ठहरेमा समितिले त्यस्तो प्रकाशकलाई पत्रपत्रिका वितरण संपरीक्षणको प्रमाणपत्र दिने छैन र दिइसकेको भए त्यस्तो प्रमाणपत्र निस्कृय गर्नको साथै समितिको सिफारिशमा निजले पाउने सुविधा समेत अवधि तोकी निलम्बन गर्न सक्नेछ ।
(४) उपनियम (३) बमोजिम जाँच गराउँदा वा पुन संपरीक्षण गराँउदा उजूरी ठीक ठहरेमा समितिबाट जाँच गर्दा लागेको मनासिव खर्च वा पुन संपरीक्षण गराउ“दा लागेको खर्च समेत प्रकाशकबाट असुल गरिनेछ ।
(५) उपनियम (२) बमोजिम जाँच गर्दा वा पुन संपरीक्षण गराउ“दा झुठ्ठा उजूरी दिएको ठहर हुन आएमा समितिबाट जाँच गर्दा लागेको मनासीव खर्च वा पुन संपरीक्षण गराउँदा लागेको खर्च उजूरवालाबाट असुल गरिनेछ ।
(६) यस नियम बमोजिम गरिने संपरीक्षण र जाँचबुझ सम्बन्धी कार्यविधि समितिले निर्धारण गरे बमोजिम हुनेछ ।